सेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत गरेसँगै लगानीकर्ता त्रसित हुँदा सेयर बजारमा पहिरो गएको हो ।

सोमबार नेप्से ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ५.७८ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स र हाइड्रोपावर समूहको परिसूचक पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंक् र अपर तामाकोशीको ८८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज ग्रामीण विकास लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, किसान लघुवित्त, ग्लोबल आइएमई सम्मुनत स्कीम १, हिमालयन पावर, माउनटेन हाइड्रोको सेयर मूल्य ९ प्रतिशत घटेको छ भने पोखरा फाइनान्स, आइएमई जनरल इन्स्योस, मल्टिप्रपोज फाइनान्स, मानुषी लघुवित्त र जनरल इन्स्योरेन्सका सेयरधनीले ८ प्रतिशत गुमाएका छन् ।

‘थ्यौरी’मा टेकेर कसिलो मौद्रिक नीतिको तयारी, महंगीले पिल्सिरहँदा झन् ब्याज बढाइँदै Read Previous

‘थ्यौरी’मा टेकेर कसिलो मौद्रिक नीतिको तयारी, महंगीले पिल्सिरहँदा झन् ब्याज बढाइँदै

एकैपटक ३ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति ? Read Next

एकैपटक ३ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति ?