संचालकको स्वार्थले रोकियो सिभिल र हिमालयन बैंकको मर्जर सम्झौता

काठमाडौं ।  हिमालय र सिभिल बैंक बीच तय भएको मर्जर सम्झौता रोकिएको छ । संचालकहरुको स्वार्थ नमिल्दा शुक्रबार काठमाडौंको एक होटलमा तय गरिएको सम्झौता रोकिएको हो ।

यस अघि दुई बैंकका संचालक बीच हिमालयनले सिभिललाई प्रतिकित्ता ८१ को स्वाप रेसियोमा गाभ्ने सहमती भएको थियो । सोही अनुसार शुक्रबार एक्वीजिसनका लागि औपचारिक सम्झौता गर्ने तयारी भएको थियो ।

तर, हिमालय बैंकका संञ्चालकले सिभिल बैंकले माग गरेको स्वाप रेसियो कायम गर्न आनाकानी गरेपछि सम्झौता रोकिएको बताइएको छ । गत वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर सम्झौता भाँडीएपछि हिमालयन बैंक राष्ट्र बैंकको कारबाहीमा छ ।

राष्ट्र बैंकले शाखा विस्तारदेखि विभिन्न सुविधामा रोक लगाएको हिमालयन बैंकलाई एक वर्षभित्र मर्जरमा जान निर्देशन दिएको छ । इन्भेष्टमेन्ट बैंकले भने मेगा बैंकसँग मर्जर सम्झौता गरेर राष्ट्र बैंकबाट शैद्धान्तिक सहमति पाइसकेको छ ।

नेपाल बंगलादेश बैंकका १७ वटा शाखा बन्द हुने, अब नबिलको नामबाट कारोबार हुने (सूचीसहित) Read Previous

नेपाल बंगलादेश बैंकका १७ वटा शाखा बन्द हुने, अब नबिलको नामबाट कारोबार हुने (सूचीसहित)

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी