नेपाल बंगलादेश बैंकका १७ वटा शाखा बन्द हुने, अब नबिलको नामबाट कारोबार हुने (सूचीसहित)

काठमाडौं । नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेर असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको नबिल बैंकले दुवै बैंकका गरी कुल २० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ ।

एकै स्थानमा रहेका नेपाल बंगलादेश बैंक र नबिल बैंकका दोहोरो शाखालाई समायोजना गरी एउटै शाखा बनाउन लागिएको हो ।

नबिल बैंकका अनुसार एकीकृत कारोबार हुने भएपछि हाल नेपाल बंगलादेश बैंकका १७ वटा शाखा बन्द गर्दै नबिलमा समायोजन गर्न लागेको हो ।

त्यस्तै, हाल रहेका नबिल बैंकका ३ वटा शाखा बन्द गरी नेपाल बंगलादेश बैंकको शाखा भएको ठाउँबाट नबिल बैंककै नाममा कारोबार सुरु गर्ने भएको हो ।

खाद्यान्न निर्यातमा धमाधम प्रतिबन्ध लगाउँदै भारत, गहुँको पिठो, मैदा र सुजी निर्यातमा रोक Read Previous

खाद्यान्न निर्यातमा धमाधम प्रतिबन्ध लगाउँदै भारत, गहुँको पिठो, मैदा र सुजी निर्यातमा रोक

संचालकको स्वार्थले रोकियो सिभिल र हिमालयन बैंकको मर्जर सम्झौता Read Next

संचालकको स्वार्थले रोकियो सिभिल र हिमालयन बैंकको मर्जर सम्झौता