खाद्यान्न निर्यातमा धमाधम प्रतिबन्ध लगाउँदै भारत, गहुँको पिठो, मैदा र सुजी निर्यातमा रोक

काठमाडौं । विश्वभर बढ्दो खाद्य संकटलाई मध्येनजर गर्दै भारतले धमाधम खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउन थालेको छ ।

दुई महिनाअघि गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँको अरु उत्पादन (आटा, मैदा, सुजी लयागत) निर्यातमा समेत प्रतिबन्ध घोषणा गरेको छ ।

गहुँ निर्यात गर्न निर्यातकर्ताले हाल अन्तरमन्त्रालय समितिको अनुमति लिएर मात्रै ढुवानी पक्रिया अघि बढाउन पाइरहेका छन् ।

विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचनाअनुसार असार २८ देखि आँटा, मैदा, सुजी लगायत गहुँका उत्पादनमा प्रतिबन्ध लगाइनेछ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई भने रोकतोक नहुने बताइएको छ ।

वैशाख ३० मा भारतले गहुँको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतमा गहुँको पिठोको मूल्य केही कम भए पनि हाल पिठो निर्यातसमेत रोकिएको छ । यसले नेपाल समेत प्रभावित हुनेछ ।

छिटो पैसा कमाउने दाउमा रहेका व्यापारीले गहुँको सट्टा गहुँको पिठोको असामान्य मात्रामा निर्यात नगरुन् भनेर सरकारले गहुँका उत्पादनको समेत निर्यात रोकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतले अप्रिलमा मात्रै करिब ९६ हजार टन गहुँको पिठो निर्यात गरेको थियो । गत वर्ष यही महिनामा २६ हजार टन मात्रै निर्यात भएको थियो ।

भारत सरकारले आफ्नो देशको समग्र खाद्य सुरक्षा व्यवस्थापनको लागि र छिमेकी तथा जोखिमयुक्त देशहरूलाई सहयोग गर्न गहुँ निर्यातलाई ‘प्रतिबन्धात्मक’ कोटामा राखेको जनाएको छ ।

गजल र सायरी लेखिएका सवारीसाधन ट्राफिकको निशानामा Read Previous

गजल र सायरी लेखिएका सवारीसाधन ट्राफिकको निशानामा

नेपाल बंगलादेश बैंकका १७ वटा शाखा बन्द हुने, अब नबिलको नामबाट कारोबार हुने (सूचीसहित) Read Next

नेपाल बंगलादेश बैंकका १७ वटा शाखा बन्द हुने, अब नबिलको नामबाट कारोबार हुने (सूचीसहित)