बिगमार्टमा स्मार्ट क्यूआर मार्फत स्क्यान गर्दा २५०० सम्मको छुट

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरबिच साझेदारी सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सक्ने भएको हो ।

डिजिटलाइज नेपालतर्फ अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेको कम्पनलिे जनाएको छ । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट (अधिकतम रू. ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम रू.२५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

तंग्रिएन पर्यटन व्यवसाय, ३० प्रतिशतले घट्यो पर्यटकको आगमन Read Previous

तंग्रिएन पर्यटन व्यवसाय, ३० प्रतिशतले घट्यो पर्यटकको आगमन

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य,कति पुग्याे प्रतिलिटर ? Read Next

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य,कति पुग्याे प्रतिलिटर ?