एनआइसी एशिया क्यापिटलले ११ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा भएको सभाले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

क्यापिटलले कर प्रयोजनको लागि सहित चुक्ता पूँजीको ११ प्रतिशत बराबर हुन आउने दुई करोड बीस लाख (२,२०,००,०००) रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

सभाले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै असार मसान्त २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

 

क्यापिटलले हाल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

साथै एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ ।

सरकारी सहुलियत पसलमाभन्दा सस्तो मूल्यमा सामान बेच्दै बिगमार्ट Read Previous

सरकारी सहुलियत पसलमाभन्दा सस्तो मूल्यमा सामान बेच्दै बिगमार्ट

मकवानपुर जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन Read Next

मकवानपुर जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन