मकवानपुर जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकले मकवानपुर जिल्लाको हेटौंडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि सञ्चालनमा आएको सो शाखाको प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले एक समारोहकाबीच समुद्घाट्न गरे ।

 

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।

 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

बैंकले देशभरका १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा ३५ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एनआइसी एशिया क्यापिटलले ११ प्रतिशत लाभांश दिने Read Previous

एनआइसी एशिया क्यापिटलले ११ प्रतिशत लाभांश दिने

ई–सेवामार्फत हवाई टिकट काटे २० हजार जरिवाना हुने Read Next

ई–सेवामार्फत हवाई टिकट काटे २० हजार जरिवाना हुने