एनआईसी एसियाले ल्यायो १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने मुद्दती योजना

काठमाडौं । एनआईसी एसिया बैंकले आषाढ १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने मुद्दती योजना ल्याएको छ । बैंंकले व्यक्तिगत, संस्थागत र रेमिन्टास ग्राहक लक्षित गरेर ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको हो ।

यस योजना अन्र्तगत निक्षेपकर्ताहरुले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबलदेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

बैंकका अनुसार निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन् ।

यसअघि बैंकले ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने,उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू कुल २४ ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालन ल्याएको थियो ।

भारतलाई पानी दिउँ, बिजुली हामी लिउँः ज्ञानेन्द्रलाल प्रधानको विचार Read Previous

भारतलाई पानी दिउँ, बिजुली हामी लिउँः ज्ञानेन्द्रलाल प्रधानको विचार

सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, कति कित्ता भर्ने ? Read Next

सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, कति कित्ता भर्ने ?