सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, कति कित्ता भर्ने ?

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने म्याद थप गरेको छ । कम्पनीले तोकिएको समयमा माग अनुसार आवेदन नआएपछि समय थप गरेको हो ।

कम्पनीले असार २ गतेदेखि १६ गतेसम्मका लागि आइपीओ निष्कासन गरेको थियो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेपछि समय थपेर असार २४ गतेसम्म पुर्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिका वासिन्दाहरुका लागि आइपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा एनआइबीएल एस क्यापिटल लिमिटेड, काठमाडौं, प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा र कामना सेवा विकास बैंकको गल्कोट शाखाबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी९आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर डबल बी प्लस’ रेटिङ दिएको छ ।यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २।५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन समेत गरिहेको छ ।

एनआईसी एसियाले ल्यायो १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने मुद्दती योजना Read Previous

एनआईसी एसियाले ल्यायो १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने मुद्दती योजना

निजगढ अन्तर्राष्ट्र्रिय विमानस्थलः विमानस्थल बनाउने विकल्प खुला (यस्तो छ सर्वोच्चको पूर्णपाठ) Read Next

निजगढ अन्तर्राष्ट्र्रिय विमानस्थलः विमानस्थल बनाउने विकल्प खुला (यस्तो छ सर्वोच्चको पूर्णपाठ)