काठमाडौं । बहुचर्चित आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको लागि सरकारले गरेका सबै निर्णय बदर गरेको सर्वेच्च अदालतले बुधबार पूर्णपाठ सार्वजनिक गरेको छ ।
यसअघि १२ जेठमा सर्वेच्च अदालतको वृहत्त पूर्ण इजलासले सरकारले हालसम्म गरेका निर्णय बदर गरेको थियो । सर्वेच्चको उत्प्रेषणको उक्त आदेशपछि बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको च्याप्टर क्लोज भएको धेरैको विश्लेषण थियो ।
तर, बुधवार सार्वजनिक गरीएको पूर्णपाठमा वातावरणी तथा जैविक विविधतालाई कम क्षतीहुनेगरी विकल्प खोज्न भनिएको छ । सर्वोच्चको पूर्णपाठले सो स्थानमा विमानस्थल निमार्ण गर्न बन्देज भने गरेको छैन ।
तर, वातावारणीय प्रभावको क्षती कम गर्न तथा जैविक विविधताको मापदण्ड अनिवार्य पालना गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । वातावरणीय अध्ययन, कानुनी विधि, जग्गाको क्षेत्रफल र प्राविधिक रुपमा उपयुक्त स्थानमा विमानस्थल निमार्णको विकल्प खोज्न परमादेश दिएको हो ।