खाद्य वस्तुमा ४०० रुपैयाँसम्म मूल्य वृद्धि

काठमाडौं । गत वर्षको तुलनामा ग्यासको मूल्यमा ३२५ रुपैयाँले मूल्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असार महिनामा खाना पकाउने ग्यासको मूल्य २ हजार ४७५ रुपैयाँ रहेको थियो ।

चालु आवको असारमा ग्यासको मूल्य १ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै ताइचिनको चिउराको मूल्य ७० रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७८ को असारमा ताइचिनो चिउराको मूल्य प्रतिकेजी १२० रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७९ असारमा आइपुग्दा ताइचिनको चिउराको मूल्य १५० रुपैयाँ रहेको छ । चामलको पिठोको मूल्य प्रतिकेजी ६० रुपैयाँबाट १३० रुपैयाँ पुगेको छ । चामलको पिठोमा ८० रुपैयाँ मूल्य वृद्धि भएको नेपाल खाद्य व्यापार संघको तथ्यांकले देखाएको छ ।

काँचो तोरिको तेल प्रतिलिटर २४० रुपैयाँबाट ३८० रुपैयाँ पुगेको छ । जुन शतप्रतिशतमा बढेको देखिन्छ । भटमासको तेल २०७८ असारमा २० रुपैयाँ रहेको थियो । हाल आइपुग्दा यसको मूल्य प्रतिलिटर ३५० रुपैयाँ पुगेको छ ।

सनफ्लावरको तेलको मूल्य प्रतिलिटर २३० रुपैयाँबाट बढेर ३५० रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ । सनफ्लावरको तेलमा १८५ रुपैयाँ मूल्य वृद्धि भएको छ  मुसुरोको दालको मूल्यमा ८० रुपैयाँ वृद्धि भएको छ । २०७८ असारमा १४० रुपैयाँमा विक्री भइरहेको मुसुरोको दाल हाल १७५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

रहरको दालको मूल्य प्रतिकेजी १७० रुपैयाँबाट बढेर १८५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।नेपाली घिउको मूल्य प्रतिलिटर ९०० रुपैयाँबाट वृद्धि भएर १२०० रपैयाँ प्रतिलिटर पुगेको छ । घिउको मूल्यमा ४०० रुपैयाँ प्रतिलिटर वृद्धि भएको हो ।

चिनीको मूल्य प्रतिकेजी ९० रुपैयाँबाट बढेर १०५ रुपैयाँ पुगेको छ । चिनीमा २५ रुपैयाँ मूल्य वृद्धि भएको हो । केराउमा प्रतिकेजी १३० रुपैयाँ मूल्य वृद्धि भएको छ । २०७८ असार मा १२० रुपैयाँ प्रतिकेजी रहेको केराउको मूल्य २०० रुपैयाँ प्रतिकेजी पुगेको हो ।

उडान प्रभावित : त्रिभुवन विमानस्थलको सर्भर समस्या हट्यो Read Previous

उडान प्रभावित : त्रिभुवन विमानस्थलको सर्भर समस्या हट्यो

भारतलाई पानी दिउँ, बिजुली हामी लिउँः ज्ञानेन्द्रलाल प्रधानको विचार Read Next

भारतलाई पानी दिउँ, बिजुली हामी लिउँः ज्ञानेन्द्रलाल प्रधानको विचार