काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको इमिग्रेसनमा सर्भरमा समस्या समाधान भएको छ । २० मिनेट अगाडी मात्र उक्त समस्याको समाधान भएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका निरिक्षक भिम प्रशद ढकालले बन्द रहेको सर्भर खुलिसकेको दाबी गरेका हुन् । ‘सर्भरमा समस्या आएको थियो, अब खुली सक्यो, सर्भर बन्द हुँदा वैदेशिक उडान सबै रोकिएको थियो,’ उनले चाणक्य पोष्टसँग भने ।
करिब २ घण्टाका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कम्प्यूटर सर्भरमा समस्या आएको थियो ।
उक्त समस्याका कारण वैदेशिक उडानहरु ठप्प भएको थियो । इमिग्रेसनमा भएका डाटाहरु अन नहुँदा उक्त समस्या देखिएको थियो ।
‘लाइन गएर इमिग्रेसनको केही डिलिट भयो डाटा भन्ने सुनेको हो,’ सिटौलाले भने ।