नबिल र बंगलादेश बैंक मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा अर्को बिग मर्जरले सफलता पाउने भएको छ । बुधबार नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल(बंगलादेश (एनबी) बैंकबीचको मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै बिग मर्जरले सफता पाउने भएको हो ।

दुई बैंकबिच कर्मचारी समायोजनमा विवाद भएपछि राष्ट्र बैंकले मर्जरका लागि अन्तिम सवकृति रोकेको थियो । राष्ट्र बैंकको सञ्चालक समिति बैठकले दुवै बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो।

बंगलादेश बैंकको सेयर नबिल बैंकका संञ्चालक विनोद चौधरीले किनेपछि मर्जरका लागि सम्झौता भएको थियो । ९ पुस २०७८ मा मर्जर सम्झौता गरेका दुई बैंक छिट्टै एकिकृत कारोबार गर्ने तयारीमा छन् ।

नबिलले १०० ः४२ को स्वाप रेसियोमा बंगलादेश बैंकलाई गाभ्ने समझदारी गरेको छ । योसँगै नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै सेयर हुनेछ ।

मर्जरपछि बैंकको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति भएको थियो । पछिल्लो समय वाणिज्य बैंकहरु मर्जरका लागि जुटेका छन् । दुई वर्षअघि ग्लोबल आइएमई बैंकले जनता बैंक गाभेर देशकै ठूलो बैंक बनेको थियो ।

तयसपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा सम्झौता गरेको १० महिनापछि भाँडेका थिए । केही समय अघि बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंकबिच मर्जरका लागि समझदारी भएको थियो ।

यसैगरी अन्य आधा दर्जन बैंकहरु पनि मर्जरमा जाने तयारीमा छन् ।

नबिल बैंकले ‘नबिल ग्रीन वीक’ मनाउँदै Read Previous

नबिल बैंकले ‘नबिल ग्रीन वीक’ मनाउँदै

उडान प्रभावित : त्रिभुवन विमानस्थलको सर्भर समस्या हट्यो Read Next

उडान प्रभावित : त्रिभुवन विमानस्थलको सर्भर समस्या हट्यो