नबिल बैंकले ‘नबिल ग्रीन वीक’ मनाउँदै

काठमाडौं । नबिल बैंकले नबिल दिगो बैंकिङको वार्षिकउत्सवमा ‘नबिल ग्रीन वीक’ मनाउँने भएको छ । २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले ‘नबिल ग्रीन वीक’ मनाउने भएको हो ।

ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बढाउन, वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्य सहित नबिल दिगो बैंकिङ सुरुआत गरेको हो ।

एक वर्षमा नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकको भनाइ । बैंकले हाइड्रोमा लगानी गर्नेदेखि सहुलियत कर्जा प्रदान गर्नुका साथै सामाजिक वातावरण, उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको छ ।

नेपालको विभिन्न भू–भागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हात पारेको बैंकले जनाएको छ । बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै नबिन कर्जा ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ ।

बैंकले १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड कर्जा उपलब्ध गराएको र ती मध्ये करीब ६००० महिलाहरू रहेको बैंकले जनाएको छ ।

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह Read Previous

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह

नबिल र बंगलादेश बैंक मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति Read Next

नबिल र बंगलादेश बैंक मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति