काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । बुधवार प्राप्तिका लागि दुबै बैंकबीच सैद्धान्तिक सहमति भई सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा मेगाका अध्यक्ष भोजबहादुर शाह र गण्डकीका अध्यक्ष शुशील गौचनले हस्ताक्षर गरे।
सम्झौता अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) को आधारमा स्वाप रेशियो निर्धारण हुनेछ । मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड रहनेछ भने बैंक संचालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंककै रहनेछन् ।
यो प्राप्ती पश्चात् मेगा बैंकको पूँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए। गण्डकी विकास बैंकको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाईने उनले जानकारी दिए।
असार मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार ९८ अर्ब रहेको छ। हालको शाखा संख्या १९१ पुगेको छ।