सुरक्षा मापदण्ड नहुँदा कमसल ईभी आयात बढ्दै

काठमाडौं । कमजोर सरकार भएको फाइदा उठाउँदै ब्यापारीले कमसल विद्युतीय कार नेपाल ल्याएर विक्री गर्दै आएका छन् । पछिल्ला दिनमा ब्राण्ड नेम नै नसुनेका करिब ६/७ वटा ब्राण्डले गाडी आयात सुरु गरेका छन् ।

यहाँ महत्वपूर्ण विषय विगत २ वर्षदेखि चीन आवत जावत बन्द भएपनि चिनियाँ कम्पनीले उत्पादन गरेका कमसल कारहरु नेपाल ल्याउने प्रवृति बढेको हो । यसरी आउने कारले नेपालको पैसा मात्रै लगेका छैनन् । हाम्रो जीवन नै जोखिममा पारिरहेका छन् ।

विद्युतीय कारमा एक प्रकारको माहोल तयार भएसँगै विभिन्न कम्पनी खडा गर्दै साना गाडी ल्याउने क्रम बढ्यो । मोटरसाइकलको सट्टा आफ्नै चारपाङ्ग्रे सवारी नारा दिएर विक्री सुरु भएका यस्ता गाडी हाम्रो सडक सुहाउदो पनि छैन भने सुरक्षाको गयारेन्टी दिन सक्ने अवस्था छैन ।

एकाध बाहेक गाडी ल्याउने कुनै पनि कम्पनीले नेपालमा सर्भिस सेन्टर समेत संचालनमा ल्याएका छन् । कतिपय मोडल बजारमा आउन समेत बन्द भएको छ ।

विगत ३ वर्षमा नेपाल आएका र ग्राहकलाई केही यूनिट विक्री गरेका डेरीको इभी ७ र इएम७, दिगोको इ८, दिगोले नै ल्याएको दाय कार, ईको भिजिनरीले ल्याएको सिटी स्पीरिट, इभी नेपालले ल्याएको जिएक्स ८ जस्ता गाडीले ग्राहकको आवश्यकता पुराभन्दा आफ्नो आम्दानी दरिलो बनाए । यसले राम्रा उत्पादन ल्याउने ब्राण्डलाई समेत चुनौति थप्ने देखिन्छ ।

माथि उल्लेख गरिएका मध्ये दिगो बाहेक अन्य कम्पनीसँग आधिकारीक सर्भिस सेन्टर छैन भने १० यूनिटभन्दा माथि गाडी कुनै पनि ब्राण्डले विक्री गर्न सकेका छैनन् । सस्तो ईभीको चक्करमा यी ब्राण्डले ग्राहक र राज्य दुबैलाई ठगिरहेका छन् ।

ठूला भनिने ब्राण्डको अवस्था पनि त्यस्तै बनाइएको छ । अउडी, ज्यागुअर, टेस्ला जस्ता ब्राण्डले नेपालमा गाडी ल्याएर केही यूनिट विक्री गरेका छन् । त्यसपछि ती गाडीलाई प्रदान गरिने सेवा सून्य छ । यदि भोलिका दिनमा थप गाडी ल्याएर विक्री गर्ने हो भने टेस्लाले सर्भिस विस्तार गर्ने देखिन्छ, अन्य ब्राण्डको कुनै अत्तोपत्तो छैन ।

यसरी बजारमा विक्री भएका साना वा ठूला गाडी किन्ने धेरै ग्राहकले आफु ठगिएको अनुभव गर्न थालिसकेका छन् ।

पैसा र वातावरण दुबै वर्वाद

यसरी अब्यवस्थित तरिकाले आएका साना ईभीले हाम्रो पैसा त गएको छ नै त्यसको प्रभाव वातावरणमा पनि पर्नेछ । साना ईभी आयातकर्ताले सर्भिस सुविधा उपलब्ध नगराउने भएको कारण विग्रिएपछि ग्राहकले धेरै दुःख पाउने छन् ।

यी साना गाडी सुरक्षाको हिसावले पनि निकै कमजोर रहेका छन् । यी गाडीमा प्रयोग भएका ब्याट्री, मोटर, ब्याट्री मेनेजमेन्नट सिस्टम लगायतका विषयमा कुनै परिक्षण भएका डकुमेन्ट भेटिदैन । साथै, यसमा प्रयोग भएका ब्याट्री रिप्लेस गर्नु पर्ने अवस्था आउने हो भने पुराना ब्याट्री ब्यवस्थापन कसरी हुन्छ भन्ने विषय निकै पेचिलो बन्दैछ । यसले गर्ने हाम्रो वातावरण प्रदुषण पेट्रोलियम पदार्थको तुलनामा भयानक रहने छ ।

अहिले चल्तीका ब्राण्डले रिप्लेसमा आउने ब्याट्री आफैँ लिन्छन् भने त्यसको ब्यवस्थापन पनि उनिहरुको आफ्नै जिम्मेवारी हुन्छ । किनभने उनिहरु आफैँ ब्याट्री फेर्ने काम गर्छन् । त्यसैले लोकल ब्राण्डका साना र आधिकारीक विक्रेता नभएका ठूला ब्राण्डले ल्याएर विक्री गरेको ईभी किन्नु ग्राहकलाई निकै ठूलो घाटाको ‘डिल’ हुने देखिन्छ ।

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभाले दियो मर्जरको निर्णय गर्ने जिम्मा संञ्चालक समितिलाई Read Previous

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभाले दियो मर्जरको निर्णय गर्ने जिम्मा संञ्चालक समितिलाई

नेप्सेमा दाेहाेराे अंकले उछाल, कुन कम्पनीको सेयर मूल्य कति बढ्याे ? Read Next

नेप्सेमा दाेहाेराे अंकले उछाल, कुन कम्पनीको सेयर मूल्य कति बढ्याे ?