काठमाडौं । आज सेयर बजारमा दाेहाेराे अंकले उछाल आएकाे छ । लगातार दुई दिन ओरालाे लागेकाे नेप्से परिसूचक बुधबार भने बढेकाे छ ।
आज नेप्से ४१.३९ अंकले बढेर १९६२.७१ काे बिन्दुमा राेकिएकाे छ। यसदिन २२८ कम्पनीको २९ हजार ४३४ पटककाे काराेबारमा ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर किनबेच भएकाे छ ।
नेप्सेका अनुसार बुधबार १ अर्ब ४३ कराेड १४ लाख ६४१ रूपैयाँ बराबरकाे सेयर काराेबर भएकाे छ ।
आज काराेबारमा आएका १३ वटै उपसमूहकाे परिसूचक बढेकाे छ । सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ताले कमाएका छन् । यश समूहकाे ६.५६ प्रतिशतले सेयर मूल्य बढेकाे छ ।
विकास बैंक र फाइनान्स समूहले ४ प्रतिशत बढीले कमाएका छन् भने हाेटल तथा पर्यटन, अन्य र हाइड्रोपावर समूहकाे सेयर मूल्य ३ प्रतिशत बढीले बढेकाे छ ।
दाेहाेराे अंकले बढेकाे बजारमा आँधी खाेला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । यसैगरी सिवाइसी लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यश कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् ।
बरूण हाइड्रोपावरकाे सेयर मूल्य ९.४५ प्रतिशतले उकालाे लागेकाे छ ।
हरियाली छाएकाे बजारमा आज सबैभन्दा धेरै गुमाउनेमा मैलुङखाेला जलविद्युत कम्पनीका लगानीकर्ता रहेका छन् । यश कम्पनीको सेयर मूल्य १.९१ प्रतिशतले घटेकाे छ ।