काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभाले मर्जर सम्बन्धि निर्णय गर्ने अधिकार संञ्चालक समितिलाई दिएको छ । बुधबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा बसेको विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो ।
कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नसंचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
यस्तै, चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्गनकर्ता नियुक्त गर्न सक्ने अधिकार पनि दिएको छ । कम्पनीका अनुसार मुल्याङ्गनकर्ताको पारिश्रमिक तोक्न लगायतका निर्णय गर्ने जिम्मा समितिलाई दिएको छ ।