बोनस पारित भएसँगै प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब नाघ्यो

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सको १२.५% बोनस सेयर पारित भएको छ । कम्पनीको मंगलबार (असोज ७ गते) सम्पन्न विशेष साधारण सभाले बोनस अनुमोदन गरेको हो ।

 

बोनस सेयर पारित भएसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । बोनस वितरण अघि कम्पनीको  चुक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

 

प्राइम लाइफले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बोनस सेयर दिएको हो । कर तिर्न नगद लाभांश पनि व्यवस्था गरेको छ । प्राइमले पनि आर्थिक वर्ष २०७५/७६ को लाभांश भने घोषणा गर्न बाँकी छ ।

सभा प्रयोजनका लागि प्राइमले भदौ ३१ गते बुक क्लोज गरेको थियो । भदौ ३० गते कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । प्राइमले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

पूर्वपश्चिम रेलमार्गको नाममा १४ अर्ब खर्च, मन्त्रीले हलो अड्काउँदा डीपीआरसम्म बनेन Read Previous

पूर्वपश्चिम रेलमार्गको नाममा १४ अर्ब खर्च, मन्त्रीले हलो अड्काउँदा डीपीआरसम्म बनेन

जुनसुकै अवस्थामा ह्वासिन सिमेन्ट उद्योग निर्माण रोकिदैन : सांसद भट्टराई Read Next

जुनसुकै अवस्थामा ह्वासिन सिमेन्ट उद्योग निर्माण रोकिदैन : सांसद भट्टराई