हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पाए मर्जरको लागि अन्तिम स्वीकृति

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट  इन्स्योरेन्सले मर्जरमा जान अन्तिम स्वीकृति पाएका छन् । नियामक बीमा समितिले शुक्रबार मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

 

गत वैशाख २३ गते दुबै मर्जर समझौता गरेका कम्पनीको नाम मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड हुनेछ भने केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा रहने छ ।

 

सम्झौता पछि दुबै कम्पनीको असार २ गते विषेश साधारण सभाले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०८५ को स्वाप रेशियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित पारीत गरेको थियो ।

 

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

 

मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १८ करोड १० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले गत चैतमा जीवन र जिर्जीवन बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्र्ने नीति लिएसँगै कम्पनीहरु दबाबमा छन् ।

 

आगामी आवको चैत मसान्तसम्म तोकिएको चुक्ता पूँजी पुर्याउन कुनैले बोनस सेयर र कुनै मर्जरको औजार प्रयोग गरिरहेका छन् ।

श्रीलङ्काको अर्थसंकटः सरकारले गर्यो इन्धन कटौती Read Previous

श्रीलङ्काको अर्थसंकटः सरकारले गर्यो इन्धन कटौती

बंगलादेशमा बन्यो माथि गाडी र तल रेल गुड्ने ६ किलोमिटर लामो पुल Read Next

बंगलादेशमा बन्यो माथि गाडी र तल रेल गुड्ने ६ किलोमिटर लामो पुल