श्रीलङ्काको अर्थसंकटः सरकारले गर्यो इन्धन कटौती

काठमाडौं । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो ।

 

सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएको हो । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।

 

बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो ।

 

मन्त्री विजकेसरीले यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरुलाई प्राथमिकता दिइने र अरु क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने जानकारी दिए।

 

उनले कच्चा तेल अर्को हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गरेका छन्।

 

श्रीलङ्कामा आर्थिक मन्दी छाएको छ । जसका कारण यहाँ इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ ।

काठमाडौँ सोधेर प्लेन चढ्न एअरपोर्ट जानु पर्ने अवस्थाको अन्त भएको छ : मन्त्री आले Read Previous

काठमाडौँ सोधेर प्लेन चढ्न एअरपोर्ट जानु पर्ने अवस्थाको अन्त भएको छ : मन्त्री आले

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पाए मर्जरको लागि अन्तिम स्वीकृति Read Next

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पाए मर्जरको लागि अन्तिम स्वीकृति