बंगलादेशमा बन्यो माथि गाडी र तल रेल गुड्ने ६ किलोमिटर लामो पुल

काठमाडौं । बंगलादेशको पद्मा नदीमाथि ६.१५ किलोमिटर लामो पुलको निर्माण सम्पन्न भएको छ ।

 

यो देशकै सबैभन्दा लामो मोटरएबल पुल हो । बंगलादेशका सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री शेख हसिनाले शनिबार ६.१५ किलोमिटर लामो पुलको उद्घाटन गरेकी छन्।

 

नवर्निमित ६.१५ किलोमिटर लामो पुलले राजधानी ढाकालाई बंगलादेशको दक्षिणपश्चिम क्षेत्रसँग जोड्छ।

 

यो पुलका निर्माणका लागि ३.८६ अर्ब अमेरिकी डलर खर्चे भएको जनाइएको छ । यो पुलमा गाडी गुड्ने चार लेनको बाटो छ भने पुलको मूनि रेलको सिंगल ट्रयाक निर्माण गरिएको छ।

 

यो पुलका निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको थियो भने यो पुल निर्माणको खर्च बंगलादेश सरकारले आफैले गरेको हो ।

 

पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री हसिनाले पद्मा पुल बंगलादेशको गौरवको प्रतीक भएको बताइन्।
उनले केही मानिसहरूले यति ठूलो पुल बंगलादेशले बनाउन सक्दैन भनेर व्यक्त गरेको शंकालाई पनि पुल निर्माणले जवाफ दिएको बताइन्।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पाए मर्जरको लागि अन्तिम स्वीकृति Read Previous

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पाए मर्जरको लागि अन्तिम स्वीकृति

नेप्सेमा उछाल, २० भन्दाबढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट Read Next

नेप्सेमा उछाल, २० भन्दाबढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट