नेप्सेमा उछाल, २० भन्दाबढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । लगातार ओरालो लागिरहेको सेयर बजारमा आइतबार भने उछाल आएको छ । साताको पहिलो दिन नेप्से परिसूचक  ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दुमा पुगेको हो ।

 

आज २३० कम्पनीको २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस दिन ४४ हजार ३४१ पटकको सेयर कारोबारमा ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच भएको हो ।

 

कारोबारमा आएका १३ वटै उपसमूहमा हरियाली छाएको छ । यसदिन सबैभन्दा धेरै इन्भेष्टमेन्ट समूहको ८.८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

विकास बैंकको ८.३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम बैंक समूहको २.६९ प्रतिशतले बढेको छ । ट्र्रेडिङ, हाइड्रोपावर, फाइनान्स र अन्य समूहको ७ प्रतिशत बढीले सेयर मूल्य बढेको छ ।

 

आज सबैभन्दा धेरै कारोबार हुनेमा कुमारी बैंक रहेको छ । यस बैंकको ८ करोड ६४ लाख ३८ हजार ९५३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

यसैगरी, न्न्याग्दी ग्रुप पावरको र हिमालयन डिष्ट्रलरीको ८ अर्ब बढी बराबरको सेयर कारोबार भएको छ ।

 

उच्च अंकले बढेको बजारमा २१ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ३२ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढीले कमाएका छन् ।

 

नेशनल हाइड्रोपावर, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, डिमालय डिष्टीलरी,गुहेश्वरी मचेन्र्ट बैंक एण्ड फाइनान्स,प्रोग्रेसीभ फाइनान्स,कर्पोरेट विकास बैंक, रिलायन्स फाइनान्स,हाइड्र्रो इलेक्ट्र्रि सिटि डेभभलपमेन्ट, सिनर्जि पावर डेभलपमेन्ट,घलेङदी हाइड्रो, यसनिभर्सल पावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ ।

 

यसैगरी,युनियन हाइड्रापावर, सप्तकोसी विकास बैंक,सबैंको लघुवित्त वित्तीय संस्था, नेपाल रिइन्स्योरेन्स कम्पनी,एनआरएन एन्फ्राइष्टक्चर, जेनरल इन्स्योरेन्स कम्पनी,सानिमा जेनरल इन्स्योरेन्स,सानिमा लाइफ इन्स्योरेन्स र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले १० प्रतिशत बढीले कमाएका छन् ।

 

 

बंगलादेशमा बन्यो माथि गाडी र तल रेल गुड्ने ६ किलोमिटर लामो पुल Read Previous

बंगलादेशमा बन्यो माथि गाडी र तल रेल गुड्ने ६ किलोमिटर लामो पुल

अर्थतन्त्रको संरचनाः बजेटभन्दा ठूलो व्यापार घाटा Read Next

अर्थतन्त्रको संरचनाः बजेटभन्दा ठूलो व्यापार घाटा