पेट्रोल र डिजेलको नयाँ मूल्य सूची सार्वजनिक, कति रुपैयाँ पर्छ प्रतिलिटर ?

काठमाडौं। सरकारले इन्धनमा कर घटाउने घोषणा गरेसँगै नेपाल आयाल निगमले पेट्रोल र डिजेलको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

 

शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र्रप्रसाद बडूले पत्रकार सम्मेलन मार्फत पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा २९ रुपैयाँ कर घटाउने घोषणा गरेका थिए ।

 

सरकारको सो घोषणासँगै निगमले आइतबारदेखि लागुहुनेगरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

 

निगमले गएराती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको प्रति लिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको १६३ रुपैयाँ कायम गरेको जनाएको छ। तर एलपी ग्यास र हवाई इन्धन,आन्तरिक तथा बाह्यको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ।

 

यसअघी शुक्रबार संसदीय समितिले पेट्रोलियम पदार्थमा सरकारले उठाउँदै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो।

 

सरकारले कर घटाएपछि पनि कति घाटा हुन्छ भन्ने निगमले उल्लेख गरेको छैन् । रुस र युक्रेनबीचको युद्धले विश्वभर इन्धनसँकट बढेको छ ।

 

जसको कारण चर्को मूल्य वद्धिको सामनासँग अधिकांश देशहरु जुधि रहेका छन् ।

 

८ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप Read Previous

८ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप

घट्यो सार्वजनिक यातायातको भाडादर, कहाँ जान कति लाग्छ (सूची सहित) Read Next

घट्यो सार्वजनिक यातायातको भाडादर, कहाँ जान कति लाग्छ (सूची सहित)