काठमाडौं । संञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको निक्षेप एकैदिन ८ अर्ब रुपैयाँले घटेको छ । बुधबारसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा बिहीबार ८ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ९० अर्ब रुपैयाँमा सिमित भएको हो ।
बिहीबारसम्म वाणिज्य बैंकको कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो दिन बुधबार पनि वाणिज्य बैंकले गर्ने कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ नै रहेको थियो । हाल बैंकको सिडी रेसियो कर्जा–निक्षेप अनुपात ८९।५२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार यसअघि बुधबार ८९।३९ प्रतिशत रहेको थियो । बैंकहरुको अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा स्थिर रहेको छ ।