२२ बीमा कम्पनीलाई समितिको कारबाही, कुन–कुन परे ?

काठमाडौं। बीमा समितिले समयमै लेखापरीक्षण नबुझाउने बीमा कम्पनीलाई कारबाही गरेको छ । समितिले सो प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीलाई जरीवाना गरेको हो ।

 

आर्थिक वर्ष २०७७र०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका दरले र  दोस्रो पटक कानूनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार ५ सय रुपैयाँ जरिवाना गरेको समितिले जनाएको छ।

 

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

 

समितिका अनुसार आर्थिक वर्ष २०७७र०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरुमा नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेशन,नेपाल लिमिटेड, एसियन लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ ,सिटिजन लाइफ, महालक्ष्मी लाइफ लगायत रहेका छन्। यी कम्पनीलाई १० हजार रुपैयाँको दरले जरिवाना गरिएको छ ।

 

यसैगरी, आर्थिक वर्ष २०७६र०७७को लेखापरीक्षण प्रतिवेदन नबुझाएका राष्ट्रिय बीमा संस्थान, गुराँस लाइफ, रिलायबल, सानिमा लाइफ, ओरिएण्टल नेशनल र राष्ट्रिय बीमा कम्पनी लगायत छन् ।

 

विद्यमान कानूनी व्यवस्थाको  दोस्रो पटक उल्लङ्घन गरेकाले उक्त कम्पनीहरुलाई ५ सय रुपैयाँ थप गरी १० हजार ५ रुपैयाँले जरिवाना गरेको समितिले जनाएको छ ।

 

 

 

 

सेञ्चुरी बैंकको नयाँ शाखा असनमा Read Previous

सेञ्चुरी बैंकको नयाँ शाखा असनमा

चीनले बनाउने जिम्मा लिएका अधिकांश आयोजना अलपत्र Read Next

चीनले बनाउने जिम्मा लिएका अधिकांश आयोजना अलपत्र