सेञ्चुरी बैंकको नयाँ शाखा असनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति विहिबार काठमाडौं महानगरपालिका वडा नं २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

 

बैंकका संचालक समिति सदस्य गिता प्रधान र वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

 

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

 

असन शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ । २०७८ चैत्र मसान्त सम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड कर्जा प्रवाहगरी १ अर्ब १ करोड ५६ लाख खुद रुपैयाँ खुद नाफा कमाएको छ ।

 

देशका विभिन्न क्षेत्रमा सेवा विस्तार गर्ने उद्देश्यले यस बैंकले शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम रहेको बैंकले जनाएको छ ।

 

वास्तविक किसानले नपाएपछि अनुदान हटायौं: अर्थमन्त्री शर्मा Read Previous

वास्तविक किसानले नपाएपछि अनुदान हटायौं: अर्थमन्त्री शर्मा

२२ बीमा कम्पनीलाई समितिको कारबाही, कुन–कुन परे ? Read Next

२२ बीमा कम्पनीलाई समितिको कारबाही, कुन–कुन परे ?