काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेट बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।
विगत २० वर्षदेखि भुक्तानी सेवा दिँदै आएको स्मार्टच्वाईस र मोरू डिजिटल बीचको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
यस सम्झौतासंगै ५ लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत विभिन्न व्यापार—व्यवसाय मा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।
उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले ईएमभी स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
सम्झौतापत्रमा स्मार्टच्वाईस टेक्नोलोजिज तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मोरू वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोषले हस्ताक्षर गरे ।