एक दिन पनि टिकेन नेप्सेमा हरियाली, दुई कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । झन्डै २५० अंकको गिरावटपछि मंगलबार ३७ अंकले बढेको नेप्से आज फेरि ३१ अंकले घटेको छ ।

 

दुई सातापछि नेप्सेमा मंगलबार हरियाली छाए पनि त्यो एकदिन पनि टिकेन । सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३९ करोडले घटेर ८३ करोडमा सीमित भएको छ ।

 

बुधबार नेप्से ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा आइपुगेको छ । आज २२९ कम्पनीको ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँ बराबरको ३० लाख ३४ हजार ४८३ कित्ता सेयर किनबेच भएको छ ।

 

कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.७५ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स र अन्य समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको पौने १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंक ४ करोड र अरुण भ्याली हाइड्रोपावर ३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्त र ग्लोबल आइएमई सम्मुनत स्कीम १ का सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा युनाइटेड इदीमर्दीका सेयरधनीले सबैभन्दा धेरै ६.४८ प्रतिशत गुमाएका छन् ।

सरकारकै कारण अचाक्ली महँगियो इन्धन, जनता पिल्सिँदा पनि १ पैसा छैन छुट Read Previous

सरकारकै कारण अचाक्ली महँगियो इन्धन, जनता पिल्सिँदा पनि १ पैसा छैन छुट

स्माटच्वाईस र मोरू डिजिटल बीच स्मार्ट क्यूआर भुक्क्तानी सेवा संचालन गर्ने सम्झौता Read Next

स्माटच्वाईस र मोरू डिजिटल बीच स्मार्ट क्यूआर भुक्क्तानी सेवा संचालन गर्ने सम्झौता