सानिमा बैंक र पाटन अस्पताल बीच आर्थिक सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ ।

 

उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा. डा. रवी शाक्यले हस्ताक्षर गरेका हुन् ।

 

बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ ।

 

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गर्दै आइरहेको छ ।

 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटीएम संचालनमा रहेका छन् ।

 

'होण्डा मनसुन एक्सचेन्ज' उपहार योजना : ७ हजार बोनस र ४ हजार क्यासब्याक पाइने Read Previous

'होण्डा मनसुन एक्सचेन्ज' उपहार योजना : ७ हजार बोनस र ४ हजार क्यासब्याक पाइने

सानिमा लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

सानिमा लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन