सानिमा लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ४.६४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (असार ८ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

इन्स्ययोरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४.४२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले असार २० गते चौथो वार्षिक साधरण सभा बोलाएको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सानिमा बैंक र पाटन अस्पताल बीच आर्थिक सम्झौता नवीकरण Read Previous

सानिमा बैंक र पाटन अस्पताल बीच आर्थिक सम्झौता नवीकरण

अब आइपीओ जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने, भाँड्न नपाउने Read Next

अब आइपीओ जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने, भाँड्न नपाउने