‘होण्डा मनसुन एक्सचेन्ज’ उपहार योजना : ७ हजार बोनस र ४ हजार क्यासब्याक पाइने

काठमाडौं । होण्डा टू ह्वीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” उपहार योजना ल्याएको छ ।

 

यस अफर अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र ४ हजारसम्मको क्यासब्याक पाइने छ । साथै, फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

 

यो योजना असार ५ गतेदेखि १० गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागीता जनाउन पाउने छन् ।

 

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

बहुतले पार्किङ निर्माणमा देखिएन आकर्षण, ३६ ठाउँमा आह्वान गरिएकोमा ५ मात्र आयो प्रस्ताव Read Previous

बहुतले पार्किङ निर्माणमा देखिएन आकर्षण, ३६ ठाउँमा आह्वान गरिएकोमा ५ मात्र आयो प्रस्ताव

सानिमा बैंक र पाटन अस्पताल बीच आर्थिक सम्झौता नवीकरण Read Next

सानिमा बैंक र पाटन अस्पताल बीच आर्थिक सम्झौता नवीकरण