कुमारी बैंक र उपाय सर्भिसेजबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र उपाय सर्भिसेजबीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ। उपाय सर्भिसेज कानून, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो।

 

सम्झौतापत्रमा बैंकका तर्फबाट डेपुटी जेनेरल म्यानेजर मनिष तिमिल्सिना र उपायका तर्फबाट जेनेरल म्यानेजर राजु केसीले हस्ताक्षर गरे।

 

यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित कागजात तयार लगायतका विविध सेवाहरु प्रदान हुन्छ।

 

यसका साथै बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु दिने विषयमा उक्त कम्पनीसँग सम्झौता भएको छ।

 

सहमतिअनुसार बैंकका ऋणीहरुले (विशेषगरी साना तथा मझौला) उपाय सर्भिसेजबाट लिने सेवाहरुमा विशेष छुट सहित सहज रुपमा द्रुत सेवा पाउने छन्।

सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई बिक्री खुल्ला Read Previous

सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई बिक्री खुल्ला

बैंक अफ काठमान्डूको साधरणसभा असोज ३० गते हुने, बुकक्लोज कहिले Read Next

बैंक अफ काठमान्डूको साधरणसभा असोज ३० गते हुने, बुकक्लोज कहिले