काठमाडौं । बैंक अफ काठमान्डूले२४ औं वार्षिक साधारण सभा बोलाएको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले असोज ३० गते साधरणसभा गर्ने निर्णय गरेको हो । बैंकको साधरणसभा नक्साल ब्यांकेट, नारायणचौर, नक्सालमा विहान ११ बजे सुरु हुनेछ ।
साधारणसभामा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ। बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
त्यसैगरी बैंकले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/७६ को लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव सभामा लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ, असोज १५ गतेसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।
