सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई बिक्री खुल्ला

काठमाडौं । सनराइज बैंकको प्रवद्र्धनमा रहेको सनराइज क्यापिटलले ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ को इकाई आज (बुधबार) देखि बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।

 

यस म्युचुअल फन्डमा फण्डको इकाईमा असोज १२ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा कात्तिक ७ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

 

फण्डले १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउनेछन्।

 

यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्। साथै लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरीबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

 

सनराइज फर्स्ट सनराइज क्यापिटलले सञ्चालनमा ल्याउन लागेको पहिलो सामूहिक लगानी कोष योजना हो । यो दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

भोलिदेखि तिलोत्तमा लगानी सम्मेलन : ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी भित्रिने अपेक्षा Read Previous

भोलिदेखि तिलोत्तमा लगानी सम्मेलन : ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी भित्रिने अपेक्षा

कुमारी बैंक र उपाय सर्भिसेजबीच सम्झौता Read Next

कुमारी बैंक र उपाय सर्भिसेजबीच सम्झौता