अब भीभीआइपी चढ्ने हेलिकप्टरमा अनिवार्य २ जना पाइलट हुनुपर्ने

काठमाडौं । राज्यले भीभीआइपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् ।

 

नागरिक उड्डयन प्राधिकरणले आइतबार भीभीआइपी हेलिकप्टर उडानमा अनिवार्य दुईजना पाइलट हुनुपर्ने निर्णय गरेको हो ।

 

राज्यले भीभीआइपी भनेका व्यक्तिहरुलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन नपाइने भनेर निर्णय भएको र सोमबार सबै हेलिकप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।

 

हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी रहेका छन् । प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले अबदेखि अन्य सर्वसाधरणले गर्ने चार्टर उडानमा पनि दुईटा पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरेको छ ।

 

मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एउटा पाइलटले सर्वसाधारणका लागि चार्टर उडान भने गर्न पाउनेछन् ।

श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

आइपीओको बाढी आउँदै : २५ कम्पनीले ५ अर्ब बढीको ल्याउँदै, कुनको कति ? Read Next

आइपीओको बाढी आउँदै : २५ कम्पनीले ५ अर्ब बढीको ल्याउँदै, कुनको कति ?