काठमाडौं । चांगन अटोमोबाइलले डिजिटल शिक्षालाई प्रबर्धन गर्ने उद्देश्यले ट्याब्लेट वितरण गरेको छ ।
आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत चांगले के फाउन्डेसनसँगको सहकार्यमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ स्थित पञ्चकन्या र सर्वसुधा विद्यालयलाई ५/५ थान ट्याब्लेट प्रदान गरेको हो ।
महानायक राजेश हमालले ट्याब्लेट हस्तान्तरण गरेका थिए । यसअघि पनि चांगन अटोले के फाउन्डेसनसँग रामेछापको रामेछापको श्री देवीश्वर विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री लिएर जान चांगनको हन्टर प्रयोग गरिएको थियो ।
आगामी दिनमा पनि के फाउन्डेशनसँगको सहकार्य निरन्तर रहने कम्पनीले जनाएको छ ।