धनगढी उडेको प्रधानमन्त्री सवार हेलिकोप्टरमा इन्धन सकिएपछि…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

 

सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री सवार हेलिकप्टरमा गन्तव्यसम्म पुग्ने इन्धन नभएपछि बीचैमा भैरहवा विमानस्थलमा अवतरण गरिएको हो ।

 

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा गन्तव्यतर्फ गएका थिए ।

 

भैरहवा विमानस्थलमा इन्धन भरेर सेनाको हेलिकप्टर फेरि धनगढी उडेको थियो । सामान्यतया हवाईजहाज/हेलिकोप्टर गन्तव्यसम्म पुग्नका लागि पर्याप्त इन्धन भरेर मात्रै उडान भर्ने गरिन्छ ।

सिद्धार्थ राजमार्गमा ३ महिना टिपर चलाउन रोक Read Previous

सिद्धार्थ राजमार्गमा ३ महिना टिपर चलाउन रोक

चांगन अटोद्धारा विद्यालयलाई ट्याब्लेट वितरण Read Next

चांगन अटोद्धारा विद्यालयलाई ट्याब्लेट वितरण