१ लिटर मोबिल किन्दा १ लिटर पेट्रोल सित्तैमा ! यी पेट्रोल पम्पबाट पाइन्छ

काठमाडौं। म्याक लुब्रिकेन्ट्सको १ लिटर मोबिल (इन्जिन आयल) किन्दा १ लिटर पेट्रोल सित्तैमा पाइने भएको छ । म्याक लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले म्याकको १ लिटर मोबिलको खरिदमा १ लिटर पेट्रोल सित्तैमा दिने अफर ल्याएको हो ।

 

सिप्रदीले ल्याएको यो दामी अफर असार १ देखि ३ गते शुक्रबारसम्मका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । यो अफर उपत्यकाका ग्राहकहरुले मात्र पाउने छन् ।

 

यस अफर अन्तर्गत उपत्यकाका तीनवटा पम्पबाट पेट्रोल पाइने छ । म्याकको मोबिल किनेका ग्राहकहरुले कलंकीको मकालु पेट्रोल पम्प, बालकुमारीको नमस्ते पेट्रोल पम्प र भक्तपुरको प्रवीन पेट्रोल पम्पबाट सित्तैमा पेट्रोल पाउने छन् ।

 

म्याकको कोबिल किन्दा सित्तैमा १ लिटर पेट्रोल बाहेक कम्पनीले निःशुल्क एयर फिल्टर चेकअप, ब्रेक एडजस्टमेन्ट र क्लच वायर चेकअप लगायत सुविधा उपलब्ध गराउने छ ।

नेप्सेमा १६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा १६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत

कमला-कुशाहा ४ लेन सडक : २५ पुल र २ फ्लाइओभर निर्माण हुँदै Read Next

कमला-कुशाहा ४ लेन सडक : २५ पुल र २ फ्लाइओभर निर्माण हुँदै