काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीले निगमलाई बिहीबार (असार २ गते) इन्धनको नयाँ मूल्यसूची पठाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेलमा प्रतिलिटर १९.३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १९.९१ रुपैयाँ बढेर आएको छ ।
आज प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको लागत प्रतिलिटर २०९.२८ रुपैयाँ, डिजेलको २०२.१६ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको २५५१.१५ रुपैयाँ र मट्टितेलको १४७.९९ रुपैयाँ रहेको छ ।
आइओसीले निगमलाई हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । सोही अनुसार निगमले नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।
हाल निगमलाई मट्तीतेल र हवाई इन्धनमा नाफा भए पनि डिजेल, पेट्रोल र खना पकाउने ग्यासका घाटा रहेको छ । आगामी १५ दिनमा निगमलाई थप ४ अर्ब ८१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ ।