थाई स्माइलले असार १७ देखि बैंकक-काठमाडौं उडान गर्ने, भाडादर कति ?

काठमाडौं । थाई एयरको भगिनी संस्था थाई स्माइलले आगामी जुलाई १ तारिख (असार १७ गते)देखि बैंकक-काठमाडौं-बैंकक उडान गर्ने भएको छ ।

 

कम्पनीले यस रुटमा दैनिक उडान गर्ने भएको हो । हरेक दिन बैंककको  सुवर्ण भूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट बाट स्थानीय समय अनुसार बिहान १०:३० बजे उड्ने र नेपाली समय अनुसार १२:४० बजे काठमाडौं आइपुग्ने छ ।

 

त्यसैगरी, हरेक दिन काठमाडौंबाट दिउँसो १:४० बजेर उडेर बेलुका ६:२५ बजे बैंकमा जहाज अवतरण हुने एयरलाइन्सले जनाएको छ । यस रुटको सुरुवाती भाडादर एकतर्फी २८ हजार ७७६ रुपैयाँ रहेको छ ।

 

हाल यस रुटमा नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्सले साताको तीन दिन हरेक सोमबार, बुधबार र शुक्रबार उडान गर्दै आएको छ ।

राष्ट्रका विरुद्ध गद्दारी गरेको छैन, पुष्टि गरे कारबाही भोग्न तयार छु : अर्थमन्त्री शर्माको अन्तर्वार्ता Read Previous

राष्ट्रका विरुद्ध गद्दारी गरेको छैन, पुष्टि गरे कारबाही भोग्न तयार छु : अर्थमन्त्री शर्माको अन्तर्वार्ता

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य,  पेट्रोल प्रतिलिटर कति पुग्यो ? Read Next

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर कति पुग्यो ?