कुरिनटारमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले कुरिनटारमा शाखा स्थापना गरेको छ। उक्ता शाखा सोमबारदेखि सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ।

 

देशभर बैंकिङ पहुँच विस्तारका लागि शाखा विस्तारलाई तीव्रता दिइएको र यही अभियानमा कुरिनटार शाखा सञ्चालन भएको बैंकले जानकरी दिएको छ।यो शाखाबाट उक्त क्षेत्रका ग्राहकले प्रभु बैंकबाट पूर्ण बैंकिङ सेवा पाउने बैंकको विश्वास छ।

 

बैंकले देशभर १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा ३२ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको १ सय रुपैयाँका नयाँ नोट बजारमा Read Previous

‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको १ सय रुपैयाँका नयाँ नोट बजारमा

लोपोन्मुख बन्दै चङ्गा व्यवसाय, यस्तो छ चङ्गा उडाउनुको कारण Read Next

लोपोन्मुख बन्दै चङ्गा व्यवसाय, यस्तो छ चङ्गा उडाउनुको कारण