काठमाडौं । नेपाल राष्ट्र बैँकले १ सय रुपैयाँ दरका नयाँ नोट आज (मंगलबार) देखि प्रचलनमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।
राष्ट्र बैंकले सङ्केत नं. ओ/१८०००००१ देखि क/३७ ९९९९९९ सम्मका नोट प्रचलनमा ल्याएको हो।३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।
नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।
नोटको पछाडीपट्टीको मध्य भागमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ। नोटको मध्य भागको तलपट्टी अंग्रेजीमा ‘RUPEES ONE HUNDRED’ लेखिएको छ भने नोटको मध्य भागमा एक सिङ्गे गैंडाको माउ र बच्चाको चित्र राखिएको छ।
