काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर संचालनमा ल्याएको छ ।
यसअघि प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट मात्रै प्रायोरिटी काउन्टर संचालन गर्दै आएको बैंकले बुधबारदेखि नयाँ बानेश्वरमा पनि विस्तार गरेको हो ।
आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।
नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं संयुक्त रुपमा गरे ।
बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटीएम संचालनमा छन् ।