गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । बुधबार अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभा उक्त रकम बराबरको बजेट पेस गरेका हुन् ।

 

कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार (३६.९५ प्रतिशत) र पूँजीगतर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ (६१.६६ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

 

यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरण २ अर्ब ११ करोड १० लाख रुपैयाँ छट्याइएको छ ।

 

सरकारले आन्तरिक राजस्व ५ अर्ब ९ करोड, रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै, संघ सरकारले दिएको वित्तीय समानीकरण अनुदान ७ अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँट ९ अर्ब २३ करोड, शसर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरिएको छ ।

 

त्यस्तै, आगामी आर्थिक वर्षमा सरकारले १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारबाट ऋण लिइने बताइएको छ ।

 

नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर Read Previous

नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर

आगामी वर्षका लागि मधेश सरकारको ४६ अर्ब ८८ करोडको बजेट Read Next

आगामी वर्षका लागि मधेश सरकारको ४६ अर्ब ८८ करोडको बजेट