काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सले काठमाडौं–जनकपुर रुटमा पुनः उडान सुरू गरेको छ ।
कोरोनाका कारण झन्डै साढे २ वर्षदेखि बन्द रहेको उक्त रुटमा श्रीले बुधबारदेखि पुनः दैनिक हवाई उडान सुरू गरेको हो ।
काठमाडौंबाट १२:३५ मा उड्ने जहाज जनकपुरबाट १:३० मा काठमाडौं प्रस्थान गर्ने श्री एयरलाइन्सले जनाएको छ ।
कोरोना अघि श्रीले यस रुटमा नियमित उडान गर्दै आएको थियो ।