थामिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । गत बिहीबारदेखि लगातार दोहोरो अंकले घट्दै आएको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

 

गत भदौमा सर्वाधिक ३१९९ विन्दु चुमेर ओरालो लागेको नेप्सले अझै लय समात्न सकेको छैन । पछिल्लो ९ महिनाको अवधिमा नेप्से परसूचक १२०० अंकले घटिसकेको छ ।तरलता अभाव र ब्याजदर वृद्धिका कारण घट्न थालेको नेप्सेमा अझै सुधार आउने संकेत देखिएको छैन ।

 

बुधबार नेप्से २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँ बराबरको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै २.५ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स, लगानी र जीन बीमा समूह पनि २ प्रतिशतले घटेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी सवा ५ करोड र बैंक अफ काठमाडौं ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज बलेफी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ८.७६ प्रतिशत कमाएका छन् । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन ८.२६, माउन्टेन हाइड्रो ५.८९, शिखर इन्स्योरेन्स ५.२५, सिंगटी हाइड्रो ५.०४, सिन्धु विकास बैंक, तेह्रथुम पावर, अजोड इन्स्योरेन्स र जोशी हाइड्रोपावरका सेयरधनीले साढे ३ प्रतिशत गुमाएका छन् ।

 

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सीवाइसी नेपाल र आँधिखोला लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

कैलाली-सुर्खेत ३३ केभी प्रशारण लाइन विस्तार हुँदै Read Previous

कैलाली-सुर्खेत ३३ केभी प्रशारण लाइन विस्तार हुँदै

श्री एयरलाइन्सद्धारा काठमाडौं-जनकपुर उडान पुनः सुरू Read Next

श्री एयरलाइन्सद्धारा काठमाडौं-जनकपुर उडान पुनः सुरू