त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (बुधबार)आधा घण्टाका लागि बन्द गरिने भएको छ ।

 

विमानस्थलमा जहाज दुर्घटना हुँदा अपनाइने सुरक्षा र आपतकालीन उद्धारको अभ्यास गरिने भएकाले दिउँसो ३ बजेदेखि ३३० बजेसम्म बन्द हुने भएको हो ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ ।

 

यो अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिनेछ भने सुरक्षाकर्मी, दमकल, एम्बुलेन्स लगायतको गतिविधि तीव्र हुनेछ ।

जेठमा झन्डै १० हजार बढ्यो घरजग्गा कारोबार, यी ठाउँमा भए धेरै किनबेच Read Previous

जेठमा झन्डै १० हजार बढ्यो घरजग्गा कारोबार, यी ठाउँमा भए धेरै किनबेच

पौने ८ खर्बमा बिक्यो आइपीएलको प्रशारण अधिकार Read Next

पौने ८ खर्बमा बिक्यो आइपीएलको प्रशारण अधिकार