बर्जर पेन्ट्स नेपालद्वारा बर्जर ‘मिस ग्ल्यामर’ कार्यक्रम सम्पन्न

काठमाडौं । बर्जर पेन्ट्स नेपालले, हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनोट समारोह सम्पन्न गरेको छ । होटल र्याडिसनमा एक विशेष फेशन शो समारोह बीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

यस समारोहमा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीहरुले प्रख्यात डिजाइनरहरुद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ , मनिष राई र कासा द्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइनहरुका सम्मोहित पार्ने रँगहरुको ढाँचाका सिल्भर फायर, इन्फेर्नाे, फ्लोरा र अरु धेरै आकर्षक पहिरनमा सजिएर प्रस्तुत भएका थिए् ।

 

अत्यन्त उच्चकोटीको फेसन, अद्वितीय मनमोहक, रँगहरु, डिजाइनहरु, सिर्जनशीलता र कलाका विविधता अतिथिहरु बीच प्रस्तुत गरिएको थियो ।

 

बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको थियो । रचना गुरुङ द्वारा कोरियोग्राफी गरी तीनवटा मनमोहक दृश्यहरू सहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो, पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो ।

 

दोस्रो चरणमा कासाबाट डिजाईन गरीएको फर्मल्ली फर्मल डिजाइनहरू साथै तेस्रो चरणमा मनिष राईकोे ग्लिट्जि इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको । उक्त कार्यक्रमको शोस्टपर रुपमा मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ सामेल थिए ।

 

बर्जर पेन्ट्स नेपालले विशेष किसिमका कार्यक्रमहरुको प्रस्तुतीमा केन्द्रित हुँदै पोशाकहरुमा बर्जर रँगहरु तथा ढाँचाहरुलाई कलात्मकता र स्पन्दशीलताको अलौकिक संयोजन एवं प्रदर्शनीसहित हामीलाई फेशनको नयाँ रसास्वादन प्रदान गरिरहेको छ ।

 

उपभोक्ताहरुलाई गुणस्तरीयता, विश्वसनीयता, उपलब्धता र सन्तुष्टिमार्फत् पूर्ण सन्तुष्टि प्रदान गर्नु र साथसाथै विश्वव्यापी रुपमा स्वीकारिएको काबिलियतहरुका साथ बर्जर पेन्ट्स नेपाल अग्रणी र प्रतिष्ठित पेन्ट बन्नु कम्पनीको उद्देश्य रहेको छ ।

 

दक्षिण कोरियामा ट्रक चालकको हड्ताल, अटो र स्टील उत्पादन प्रभावित Read Previous

दक्षिण कोरियामा ट्रक चालकको हड्ताल, अटो र स्टील उत्पादन प्रभावित

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ? Read Next

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?