एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनसीसी बैंकको सवा २६ लाख कित्ता बढी सेयर लिलामीमा आएको छ । आजदेखि बैंकको २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको हो ।

 

बैंकको उक्त लिलामी सेयरमा असार १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट तोकी गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्नुपर्नेछ ।

 

लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १४२ रुपैयाँ नघटाई आवेदन दिनुपर्नेछ । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।

 

बैंकको लिलामी सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सेयर विक्री प्रबन्धक सनराइज क्यापिटलमा पुग्ने गरी आवेदन बुक्राउनु पर्नेछ ।

बर्जर पेन्ट्स नेपालद्वारा बर्जर 'मिस ग्ल्यामर' कार्यक्रम सम्पन्न Read Previous

बर्जर पेन्ट्स नेपालद्वारा बर्जर 'मिस ग्ल्यामर' कार्यक्रम सम्पन्न

जेठमा झन्डै १० हजार बढ्यो घरजग्गा कारोबार, यी ठाउँमा भए धेरै किनबेच Read Next

जेठमा झन्डै १० हजार बढ्यो घरजग्गा कारोबार, यी ठाउँमा भए धेरै किनबेच